नियम १५६
चरित्रको अभिलेख
: (१) तालीम अवधिभित्र प्रशिक्षार्थीहरूको आचरण र चरित्रसम्बन्धी अभिलेख तयार गरिनेछ ।
(२) उपनियम (१) बमोजिम तयार गरिएको अभिलेख राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र क्षेत्रीय प्रहरी तालीम केन्द्रका समादेशक तथा अन्य प्रशिक्षण केन्द्रहरुले तालीम समाप्त भएपछि प्रशिक्षार्थीहरू पदस्थापन भएको कार्यालयमा पठाउनेछ । अभिलेख व्यवस्थापनको लागि सोको एक प्रति प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखामा समेत पठाउनु पर्नेछ ।